विश्वकप अभ्यास खेल : नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप अभ्यास खेल : नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेट छनोटको अभ्यास खेलमा नेपालले युएईलाई २७७ रनको लक्ष्य दिएको छ।

जिम्बाब्वेस्थित ओल्ड हर्यारियन्स स्टेडियममा जारी खेलमा नेपालले १ बल अगाडी नै अलआउट हुँदै २७६ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले ५२ र कुशल मल्लले ४६ रन बनाए । यस्तै कुशल भूर्तेल ३९, आरिफ शेख ३५, सोमपाल कामी १५, गुल्सन झा १० तथा दीपेन्द्र सिंह ऐरी र भीम सार्की ८-८ रन बनाएर आउट भए ।

नेपालले विश्वकप क्वालिफायर अघि दुईवटा अभ्यास खेल खेल्नेछ । पर्सि नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved