धारा र चापाकलबाट पानी आउन छाडेपछि ट्याङ्करबाट वितरण

नेपालभ्युज

धारा र चापाकलबाट पानी आउन छाडेपछि ट्याङ्करबाट वितरण

महोत्तरी। जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ ।

पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए ।

बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्दको जनाइएको छ । मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए ।

जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको बताए। -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved