वीरगञ्जमा नाला सफा गर्दा १ सय २ राउन्ड गोली फेला

नेपालभ्युज

वीरगञ्जमा नाला सफा गर्दा १ सय २ राउन्ड गोली फेला

पर्सा। वीरगञ्ज महानगरपालिकामा नाला सफा गर्ने क्रममा ठूलो संख्यामा गोली बरामद भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० मा रहेको उक्त नालामा जेसिबी प्रयोग गरी आइतबार बिहान साढे ९ बजे नाला सफा गर्ने क्रममा फोहोरमा शंकास्पद प्लास्टिकको झोला फेला परेको थियो।

सरसफाइ कर्मचारीले तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेका थिए । प्रहरीका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी चौकी आदर्शनगरबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त प्लास्टिकको झोला खोली हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउड गोली फेला पारेको थियो।

प्रहरीका अनुसार हर्नेटको गोली १७ राउन्ड, एसएलआरको ४ राउन्ड, ९ एमएमको ३२ राउन्ड, ३८ बोरको २४ राउन्ड, ४५ एमएमको ४ राउन्ड, फेडेरलको ८ राउन्ड, विनचेस्टरको ५ राउन्ड, ७ एमएमको १ राउन्ड, बिग्रेको खोला ४ राउन्ड गोली बरामद भएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved