नक्कली भुटानी शरणार्थी प्रकरण :

आरोपितको पक्षमा आजबाट ६ दिनसम्म बहस हुने

३ जना पूर्व महान्यायाधिवक्ता,नेपाल बारका अध्यक्ष र पूर्व अध्यक्ष सहित १०० जनाको बहस

सरकारी वकिल र जाहेरीवालाको पक्षमा बहस गर्ने कानुन व्यवसायीको बहस मंगलबार सकिएकाले आज(बुधवार)देखि अभियुक्त पक्षका वकिलहरूले बहस गर्ने छन्।

नेपालभ्युज

आरोपितको पक्षमा आजबाट ६ दिनसम्म बहस हुने

काठमाडौ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोह सहित यस प्रकरणमा पक्राउ परेका आरोपितको पक्षमा आज बुधबारदेखि बहस सुरु हुने भएको छ ।

सरकारी वकिल र जाहेरीवालाको पक्षमा बहस गर्ने कानुन व्यवसायीको बहस मंगलबार सकिएकाले आजदेखि अभियुक्त पक्षका वकिलहरूले बहस गर्ने छन्।

आरोपित १८ जना पक्राउ परेका र १२ जना फरारको पक्षमा बहस प्रारम्भ हुनेछ। अचम्मको कुरा के छ भने आरोपित मध्यका ‘हाईप्रोफाईल’लाई जोगाउन सरकारी नियुक्ति लिएर सरकारकै पक्षमा कानुनी प्रतिरक्षा गरिसकेका पूर्व महान्यायधिवक्ता समेत यसपटक सरकारको विपक्षमा बहस गर्न लागि परेका छन्।

यो प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी,पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाण र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेका पक्षमा बहसका लागि ३ जना पूर्व महान्यायाधिवक्ता सहित नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्ष लगायतले नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनमा बहस सकाएपछि अभियुक्त पक्षका वकिलहरूले आजदेखि बहस सुरु गर्न लागेका हुन् ।

अभियुक्त पक्षका वकिलले बहसका लागि ६ दिनको समय पाउनेछन् । तर,आरोपितको पक्षमा बहस गर्न नाम टिपाउने वकिलको संख्या १०० जना भन्दा बढी छ।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved