कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, सङ्कटमा कार्की नेतृत्वको सरकार

नेपालभ्युज

कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, सङ्कटमा कार्की नेतृत्वको सरकार

विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ । कोशी प्रदेश माओवादी केन्द्रका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’काअनुसार प्रदेश सरकारबाट पार्टी बाहिरिँदैछ ।

“पार्टी केन्द्रले प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिएको छ । सोहीअनुसार संसदीय दलमा छलफल चलिरहेको छ । हामी बाहिरिन्छौँ,” मिक्सोले भने ।

एमाले संसदीय दलका नेता हिक्मत कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । जसपाले भने समर्थन फिर्ता लिइसकेको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved