वातावरणलाई सुधार्न आफैँबाट सुरु गर्न जरुरी छ : मन्त्री महतो

नेपालभ्युज

वातावरणलाई सुधार्न आफैँबाट सुरु गर्न जरुरी छ : मन्त्री महतो

काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताएका छन् । सोमबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रदूषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे । उनले सबै नेपाली नागरिकहरूले फोहोर गर्दिनँ भन्ने प्रण गर्न आवश्यक रहेको बताए ।

‘वातावरणलाई मैत्रीपूर्ण बनाउने हो भने अरु देशबाट नभइ, अरुको भाषण नसुनी आफूबाटै शुरु गरी नेपाली सबै जनाताले प्रण गर्ने हो भने, फोहोर गर्दैनौँ, गर्न दिँदैनौँ, प्लास्टिकको प्रयोग गर्दैनौँ भन्ने प्रण गरेको खण्डमा यसलाई हामी कम गर्नसक्छौँ । उनले भने– ‘हामीबाट नै यसमा शुरु गरौँ । हामीले आफ्नो जन्मदिनमा एउटा मात्रै बिरुवा रोप्ने हो भने देश हरियाली नै हरियालीले भरिन्छ । हामी ठूला भाषण गर्छौं तर यहाँबाट निस्किनेबित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ । पृथ्वीलाई बचाउँ, आफैँबाट सुरुवात गरौँ ।’

उनले अहिले विश्वको चुनौति भनेको जलवायु परिवर्तनको निर्मूल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved