प्रधानमन्त्री प्रचण्ड होटेल मौर्यमा बस्ने, मोदीभन्दा पहिला विदेश सचिव र सल्लाहकारसँग भेट हुने

भारतीय समकक्षी नरेन्द्र मोदी सँगभन्दा पहिले नै प्रधानमन्त्री प्रचण्डको अरू भेट तय भएको छ। सो होटेलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड होटेल मौर्यमा बस्ने, मोदीभन्दा पहिला विदेश सचिव र सल्लाहकारसँग भेट हुने

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज नयाँ दिल्ली आउँदैछन्। दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आउन लागेको प्रचण्ड नेतृत्वको टोली सवा २ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।

साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटेल मौर्यमा पुग्ने छन्। प्रचण्डसहितका अतिथिहरूलाई भारत सरकारले होटेल मौर्यमै बस्ने व्यवस्था मिलाइएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदी सँगभन्दा पहिले नै प्रधानमन्त्री प्रचण्डको अरू भेट तय भएको छ। सो होटेलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ।
भोलि (जेठ १८ गते) बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्टाइएको छ। विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका एक जना राज्यमन्त्रीलगायत विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्ने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved