प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

भारतीय परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तालिका बुधबार प्रधानमन्त्री प्रचण्ड पौने ३ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका
फाइल तश्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणको लागि आज बुधबार भारत प्रस्थान गर्दैछन् ।

भारतीय परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तालिका बुधबार प्रधानमन्त्री प्रचण्ड पौने ३ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

जेठ १८ गते बिहान साढे १० बजे प्रधानमन्त्री महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्नेछन् । त्यहाँ गान्धीको समाधिस्थलमा माल्यार्पण गरेपछि उनको स्थानीय समयअनुसार ११ बजे हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक हुनेछ ।

१२ बजे सोही स्थानमा द्विपक्षीय समझदारी सार्वजनिक गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको औपचारिक कार्यतालिकामा उल्लेख छ । अपरान्ह ४ बजे मौलाना आजाद रोडमा रहेको कार्यालयमा उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट हुनेछ ।

अपरान्ह ४:३५ मा राष्ट्रपति भवनमा भारतका राष्ट्रपति दौपदी मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्रीको औपचारिक भेटघाट सकिनेछ ।

उनी १९ गते विहान साढे ८ बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन् । त्यहाँ एक रात बसेर उनी शनिबार अपरान्ह काठमाडौं फर्कनेछन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भ्रमण विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा उपलब्धिमूलक हुने दाबी गरे ।

विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्‌को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उनको भनाइ छ । प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने उनले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved