बजेट समग्रमा राम्रो छः प्रमुख सचेतक शाही

नेपालभ्युज

बजेट समग्रमा राम्रो छः प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन्  । उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताए । उनले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताए ।

‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ । जडिबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसावले । आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ’ उहाँले भने, सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन ।’

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्ने गरी बजेट आएको बताए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved