पर्यटन, कृषि र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै सरकारको प्राथमिकता  :  अर्थमन्त्री

नेपालभ्युज

पर्यटन, कृषि  र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै सरकारको प्राथमिकता  :  अर्थमन्त्री

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् ।  कृषिको आधुनिकीकरण, पर्यटन विकास र सम्पन्न हुने खालका विकास आयोजनाहरूमा मात्रै बजेट विनियोजन गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरु नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरेका छन् ।

यसैगरी सरकारले रासायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved