संविधानमा भएका प्रावधान आम नागरिकसमक्ष पुर्याउन सकिएन : मन्त्री शर्मा

नेपालभ्युज

संविधानमा भएका प्रावधान आम नागरिकसमक्ष पुर्याउन सकिएन : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिकसमक्ष पुर्‍याउन नसकिएको बताइन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा व्यवस्था गरेका कुरा लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन्।

उनले कानुनले १८ वर्षभन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरे पनि कानुनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिस बलात्कारको मुद्दामा परिरहेको बताइन्।

कानुन लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेको संख्या बढी रहेको बताउँदै शर्माले पैतृक सम्पत्तिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताइन् ।

उनले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved