नक्कली शरणार्थी प्रकरण : रातभर प्रहरीको मेहनत, आज प्रतिवेदन बुझाउने तयारी

यो प्रकरणमा पहिलोपटक पक्राउ गरिएको ५८ दिन भइसकेको र सरकारी वकिल कार्यालयले ६० दिन भित्र अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने कारणले सकेसम्म आजै अभियोग दर्ता हुने बुझिएको छ।

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरण : रातभर प्रहरीको मेहनत, आज प्रतिवेदन बुझाउने तयारी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार भएको छ ।

नेपाल प्रहरीको विशेष टिमले मध्य रातिसम्म लगाएरै प्रतिवेदन तयार पारेको एक अधिकारीले जानकारी दिएका छन् । ‘हामीले राति २ बजेसम्म पनि का गरेर प्रतिवेदन तयार पारेका छौँ, आजै सरकारी वकिलको कार्यालयमा बुझाउँछौँ,’ ति अधिकारीले भने ।

यस पक्राउ परेकासहित फरार समेत ३२ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको भन्दै पूर्वउपप्रधानमन्त्री, मन्त्री, सचिव सहित बिचौलियालाई प्रहरीले अभियुक्त बनाएको छ । उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गरेको प्रहरी स्रोतको भनाई छ।

यो प्रकरणमा पहिलोपटक पक्राउ गरिएको ५८ दिन भइसकेको र सरकारी वकिल कार्यालयले ६० दिन भित्र अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने कारणले सकेसम्म आजै अभियोग दर्ता हुने बुझिएको छ।

प्रहरीले अहिलेसम्म १६ जना पक्राउ गरेको छ भने अन्य १६ जनालाई फरार सूचीमा राखेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा नीरज राई पनि फरार सूचीमा छन्।

यसैगरी, हालसम्म पक्राउ परेकामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलगायत १६ जना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved