गोकुलम बन्यो च्याम्पियन, सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड

नेपालभ्युज

 गोकुलम बन्यो च्याम्पियन, सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड

एजेन्सी। इन्डियन वुमन्स लिग फुटबल प्रतियोगिताको उपाधि गोकुलम केरलाले जितेको छ ।

आईतबार राती भएको खेलमा किक स्टार्ट क्लबलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै गोकुलम च्याम्पियन बन्यो । गोकुलमको जितमा नेपालकी सावित्रा भण्डारीले एक गोल गरिन् ।

लिग अवधिभर सावित्राले ५ ह्याट्रिकसहित ३० गोल गरिन् ।  यो भारतीय वुमन्स लिगको एकै सिजनमा कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर समेत रहेकी सावित्रा भण्डारीले लिगमा सर्वाधिक गोलकर्ताको अवार्ड प्राप्त गरिन् । सावित्राले भारु एक लाख प्राप्त गरिन् । यो सहित गोकुलम तेस्रो पटक इज्डियन वुमन्स लिगको च्याम्पियन भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved