गर्मीमा पनि फुट्छन् खुट्टा ? यसरी गर्नुस् स्याहार

नेपालभ्युज

गर्मीमा पनि फुट्छन् खुट्टा ? यसरी गर्नुस् स्याहार

एजेन्सी । यदी तपाईंका खुट्टा तथा कुर्कुच्चा गर्मीको मौसममा पनि फुट्छन् वा सुख्खा हुन्छन् भने तपाईं एक्लै हुनुहुन्न । त्यस्ता धेरै महिलाहरु छन् जसले यस्तो समस्याको गुनासो गरिरहेका हुन्छन् । यदी तपाईं राम्रोसँग खुट्टाको स्याहार गर्नुहुन्न र फुट्छन् भने त त्यो सामान्य कुरा हो । तर यदी स्याहार गर्दा पनि फुटिरहेका छन् भने केही घरेलु तरिकाहरु अपनाएर हेर्नुस् ।

यसका लागि कुनै पनि गाह्रो खालको स्याहार गर्ने तरिका छैन । तपाईंको भान्सामा भएको तोरीको तेलकै मद्दतले तपाईं सुख्खा वा फुटेका खुट्टाको स्याहार गर्न सक्नुहुन्छ । जसले गर्दा तपाईंका खुट्टा सुन्दर तथा मुलायम हुनेछन् । तोरीको तेलमा भिटामिन ई प्रसस्त मात्रामा पाइन्छ जसले छालालाई भित्रसम्म हाइड्रेट गर्ने काम गर्छ । यसले फुटेका कुर्कुच्चालाई पनि निको पार्ने काम गर्छ ।

खुट्टा फुटेको समस्यामा तोरीको तेलमा काँचो बेसार मिसाएर लगाउन सकिन्छ । बेसारमा पनि एन्टीअक्सीडेन्ट गुण पाइन्छ । जसले खुट्टा पोल्ने तथा दुख्ने समस्या पनि कम गर्दछ । यदी तपाईंको खुट्टामा दुखाई छ भने पनि काँचो बेसार र तेल लगाउँदा निको हुन्छ ।

काँचो बेसार र तोरीको तेल लगाउनका लागि एक चम्चा काँचो बेसार लिनुहोस् र आधा कप तोरीको तेलको आवश्यकता पर्दछ । सबैभन्दा पहिला तोरीको तेललाई तताउनुहोस् र उक्त तेलमा काँचो बेसार राख्नुहोस् । दुबै सामग्री राम्रोसँग मिसाएर मनतातो बनाएर खुट्टामा मसाज गर्नुहोस् । त्यसपछि सुतिको मोजा लगाएर रातभर त्यत्तिकै सुत्नुहोस् । बिहान आफ्नो खुट्टालाई राम्रोसँग धुनुहोस् र फेरि तोरीको तेल लगाउनुहोस् ।

यो तरिकाले तपाईंको खुट्टाको सुख्खापन धेरै हदसम्म कम हुन्छ । यसरी नै नियमित लगाउने गरेमा खुट्टा मुलायम तथा सुन्दर हुन्छन् । साथै खुट्टाको दुखाई पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved