ग्रिनसिटी अस्पतालको औषधि पसलमा विभागको छापा

नेपालभ्युज

ग्रिनसिटी अस्पतालको औषधि पसलमा विभागको छापा

काठमाडौं। सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु भएको भन्दै तोडफोड भएको बसुन्धाराको ग्रिनसिटी अस्पतालको औषधि फर्मामा औषधि व्यवस्था विभागले छापा मारेको छ। ज्वरो आएका बिरामी गोरखा बारपाक सुलिकोट ४ का ६१ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएपछि मंगलबार छापा मारिएको हो।

छापा मार्दा कुनै पनि ‘डेट एक्सपाएर’ औषधि नभेटिएको औषधि व्यवस्था विभागले जनाएको छ। म्याद नाघेका कतिपय औषधि हिजै राति लुकाइएको हुनसक्ने अनुमान छ।

 

सोमबार अस्पताल परिसर र औषधि पसलमा तोडफोड भएको थियो। तोडफोडपछि अहिले अस्पतालको फार्मेसी सञ्चालनमा आएको छैन। म्याद गुज्रेको औषधि बिक्री गरेको आरोपमा एक जना फार्मासिस्ट सोमबारै पक्राउ परेका थिए। नियन्त्रणमा लिइएको व्यक्तिलाई औषधि व्यवस्था विभागलाई बुझाइएको छ।

अघिल्लो दिन लोकनाथ अस्पताल सम्म हिँडेर पुगेका गोरखाका लोकनाथको सोमबार मृत्यु भएको थियो। उनलाई दिइएको ‘एड्रेनालाईन’ नामको औषधिको डेढ महिनाअघि म्याद नाघेको पाइएको थियो। सोही औषधिका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तको दाबी छ।

यो पनि पढ्नुहोस् –

ठमठमी हिँडेर आएका बिरामीलाई डेट सकिएको औषधि, मृत्युपछि अस्पताल तोडफोड

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved