बच्चालाई ओट्स खुवाउँदा हुने फाइदा

नेपालभ्युज

बच्चालाई ओट्स खुवाउँदा हुने फाइदा

एजेन्सी । बच्चाहरुलाई ओट्स खुवाउँदा धेरै प्रकारका फाइदाहरु प्राप्त हुन्छन् । यसले उनीहरुमा ऊर्जा आउनुका साथै पाचनक्रिया पनि राम्रो बनाउँछ ।

ओट्स खुवाउँदा हुने फाइदाहरु 

बच्चालाई ओट्स खुवाउँदा उनीहरुको पेटका लागि एकदमै फाइदा हुन्छ । यसमा फाइबरको मात्रा हुन्छ, जसले पेटसम्बन्धी समस्या जस्तै कब्जियत, अपच आदि कम गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि पनि बच्चाहरुलाई नियमित रुपमा ओट्स खुवाउन सकिन्छ । यसमा बीटा ग्लुटन, सिलेनियम तथा जिंक जस्ता पोषक तत्व पाइन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ ।

ओट्स खाँदा बच्चालाई ऊर्जा प्राप्त हुन्छ । यसमा एन्टीअक्सीडेन्ट, फाइबर, प्रोटिन, जिंक आदि पाइन्छ जसले शरीरलाई कमजोर हुनबाट जोगाउँछ ।

बच्चाको हड्डीको विकासका लागि पनि बच्चाको खानामा ओट्सलाई समावेश गराउन सकिन्छ । नियमित ओट्सको सेवनले बच्चाको हड्डी बलियो हुँदै जान्छ ।

यदी तपाईंको बच्चाको धेरै नै तौल बढिरहेको छ भने पनि ओट्स खुवाउन सक्नुहुन्छ । किनकी ओट्स तौल कम गर्न सहयोगी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved