यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

नेपालभ्युज

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

एजेन्सी । यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन् ।

न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा ट्रम्पलाई दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएर मुद्दा दायर गरेकी थिइन ।

अदालतमा यौन दुर्व्यवहारको मुद्दा पर्ने र दोषी ठहर हुने ट्रम्प पहिलो अमेरिकी पूर्व राष्ट्रपति हुन् । तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठहर्‍याएको छैन ।

अदालतले ट्रम्पले कैरललाई ३० लाख डलर मानहानि र २० लाख डलर दुर्व्यवहारका लागि दिनुपर्ने फैसला सुनाएको छ । जसमा यौन दुर्व्यवहार पनि सामेल छ ।

ट्रम्पले यो फैसलामा असन्तुष्टि जनाउँदै अपिल गर्ने प्रतिक्रिया दिएका छन् । पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा ट्रम्पमाथि अर्को फौजदारी मुद्दा पनि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved