जनभावनाको कदर गर्दै प्रतिपक्षमा बस्ने निर्णय गर्‍यौं : सभापति लामिछाने

नेपालभ्युज

जनभावनाको कदर गर्दै प्रतिपक्षमा बस्ने निर्णय गर्‍यौं : सभापति लामिछाने

काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिए ।

उनले संयुक्त बैठकबाट यो निर्णय गरेको बताए । उनले जनभावनाको कदर गर्दै आफूहरुले यस्तो निर्णय गरेको बताए । उनले अब पार्टीले संसदमा सशक्त भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले अब पार्टीले संगठन बिस्तारको प्रक्रिया द्रुतगतिमा अघि बढाउने पनि बताए । अब संसदमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने पनि उनले बताए ।

सभापति लामिछानेले भुटानी शरणार्थीबारे सरकारले चालेको कदम स्वागतयोग्य रहेको र यसलाई निरन्तरता दिने वा नदिनेबारेमा भने नियालीरहेको बताए ।


Comment

One thought on “जनभावनाको कदर गर्दै प्रतिपक्षमा बस्ने निर्णय गर्‍यौं : सभापति लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved