भोजपुरमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, उद्धारका लागि प्रहरी र आर्मीको टोली जाँदै

नेपालभ्युज

भोजपुरमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, उद्धारका लागि प्रहरी र आर्मीको टोली जाँदै
सांकेतिक तस्वीर

काठमाडौं । संखुवासभामा हेलिकोप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका वडा नं. ४ को सिप्रुङ्ग भन्ने ठाउँमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी जवान भुवनबाबू खड्काकाअनुसार उद्धारका लागि दुर्घटनास्थलतर्फ प्रहरी र आर्मीको टोली ‘मूभ’ भइसकेको छ । घटना केही अगाडि घटेको भएपनि त्यहाँ पुग्नका लागि अझै केही समय लाग्ने खड्काले बताए । नेपालभ्यूजसँग उनले भने, “त्यहाँ गाडी जाँदैन, हिँडेर जानुपर्छ । त्यही भएर अझै आधा घण्टाभन्दा बढी नै समय लाग्छ । उद्धारका लागि प्रहरी र आर्मी त्यतातर्फ हिँडिसकेको छ ।”

घटनाबारे थप जानकारी आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved