सम्बन्धमा ‘सेक्स’को कति छ महत्त्व ?

नेपालभ्युज

सम्बन्धमा ‘सेक्स’को कति छ महत्त्व ?

एजेन्सी। यदि, बाँकी काम मिलेर गर्नु एउटा जोडीको लागि महत्त्वपूर्ण हो भने दुवैको खुसीमा सेक्स गर्नु पनि एक-अर्काप्रति आत्मीय सम्बन्ध बनाउनका लागि आवश्यक हिस्सा हो ।

हरेक जोडीले एक-अर्काबीच सेक्सको दियो बाल्न एकदमै आवश्यक छ । त्यसैले, जतिबेला पनि मौका मिल्छ त्यतिबेला सम्बन्ध राख्न सक्नुपर्दछ । सेक्सले तपाईंलाई पूरै शारीरिक तथा भावनात्मकरूपमा आनन्द प्रदान गर्ने काम गर्छ । साथै, सम्बन्धलाई बलियो बनाउन पनि सेक्सको एकदमै महत्त्वपूर्ण भूमिका छ ।

सेक्सका दौरान तपाईंले आक्सिटोसिन हर्मोन छोड्नुहुन्छ जसलाई ‘लभ हर्मोन’ पनि भनिन्छ । यसले जोडीबीचको सम्बन्धलाई बलियो बनाउने काम गर्छ ।

सेक्स कतिपटक गर्ने  ?

विशेषज्ञको भनाइअनुसार, वास्तवमा सेक्स गर्ने कुनै आइडियल फ्रिक्वेन्सी हुँदैन । यदि, कुनै जोडीलाई लाग्छ हप्तामा एक वा दुईपटक सेक्स गर्न मनपर्छ भने त्यो उनको विचार हो । त्यस्तै, कसैले महिनामा २–३ पटक गर्न रुचाउँछन् भने कतिपयले त्योभन्दा धेरै गर्न सक्छन् । वास्तवमा सेक्सलाई कति महत्त्व दिने भन्ने त्यो हरेक जोडीको जीवनशैली तथा विचारमा भर पर्छ ।

जर्नल र्काइब्स अफ सेक्सुअल बिहेवियरमा प्रकाशित सोधमा औसतमा एउटा जोडीले वर्षमा करिब ५४ पटक सेक्स गर्छ, जो करिब हप्तामा एकपटक आउँछ । त्यस्तै, अन्य एक अध्ययनमा हप्तामा एकपटक सेक्स गर्नु सम्बन्धमा खुसियाली बनाइरहने एउटा मानक हो भनिएको छ ।

सेक्सको महत्त्व

यो त स्पष्ट छ कि सेक्स कुनै पनि जोडीको सम्बन्धलाई रोमान्टिक बनाउन तथा सम्बन्धलाई बलियो बनाउने एउटा कडी हो । शारीरिक तथा मानसिक दुवै प्रकारले जोडीबीचमा आत्मीयता दर्शाउन सेक्सको आवश्यकता पर्दछ । साथै ध्यान दिनुपर्ने कुरा एउटा स्वस्थ सेक्स सम्बन्धमा राम्रो सञ्चार, सहमति तथा सम्मानको आवश्यकता पर्दछ ।

त्यसैले, कतिपटक र कसरी सेक्स गरेको भन्ने महत्त्वपूर्णभन्दा पनि एउटा जोडीले आफ्नो सेक्स जीवनलाई कसरी हेर्छ भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved