तनहुँको आँधीखोलामा ट्रकले घरलाई ठक्कर दिँदा ९ जना घाइते

नेपालभ्युज

तनहुँको आँधीखोलामा ट्रकले घरलाई ठक्कर दिँदा ९ जना घाइते

तनहुँ। तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा एक ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

ना.४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट भएको दुर्घटनामा सबैभन्दा बढी बालबालिका घाइते भएका  छन् ।  विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई सो ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल रहेका छन् ।

दुर्घटनापछि सडक अवरुद्ध छ ।  ट्रक चालकलाई आँबुखैरेनी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved