रास्वपाको केन्द्रीय र संसदीय दलको बैठक बस्दै, रवि लामिछाने संसदीय दलको नेता चयन हुने

नेपालभ्युज

रास्वपाको केन्द्रीय र संसदीय दलको बैठक बस्दै, रवि लामिछाने संसदीय दलको नेता चयन हुने
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आज २ वटा महत्वपूर्ण बैठक बस्दैछन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार विहान ११ बजे केन्द्रीय कार्यसमिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्दै छ । आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ ।

नागरिकता विवादको मुद्दामा दोषी ठहर भएर लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि उनले शनिवार नै राजीनामा दिएका छन् ।

बैठकले सरकारमा सहभागिताको बारेमा पनि निर्णय गर्नेछ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved