उपेन्द्रलाई चाँदीको मुकुट र दुई सय किलोको माला

नेपालभ्युज

उपेन्द्रलाई चाँदीको मुकुट र दुई सय किलोको माला

काठमाडौं। बारा-२ बाट उपनिर्वाचन जितेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट र २ सय किलोको माला लगाएर सम्मान गरेका छन् ।

मंसिर ४ मा सप्तरीबाट चुनाव हारेका यादव वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जसपा अध्यक्ष यादवलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सम्मान गरेपछि कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए।

अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्वीर जसपा कार्यकर्ताको फेसबुकमार्फत सार्वजनिक भएको छ। कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी अध्यक्ष यादवलाई चाँदीको मुकुट र माला लगाएका थिए।

त्यसअघि, यादवले चुनाव जित्नेबित्तिकै हात्तीसहितको जुलुससमेत निकालिएको थियो । हात्तीमा मधेसका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादवसमेत चढेका थिए ।

वैशाख १० मा तनहुँ १ र चितवन २ बाट निर्वाचित शुक्रबार डा.स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिँदा यादव बारामै माला लगाउन र बधाई खान व्यस्त थिए। तत्कालीन राजाले लगाउने शैलीमै यादवलाई चाँदीको मुकुट पहिर्‍याउने कार्यकर्ताले त्यसको खर्च कहाँबाट उठाए भन्ने चर्चाको विषय बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved