मिटरब्याजी साहुका आसेपासेहरूलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

मिटरब्याजी साहुका आसेपासेहरूलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज साहुको पक्षमा भूमिका खेल्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजाय दिने बताएका हुन् ।

‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरूको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

उनले पीडितलाई न्याय दिन सरकारले चालेका कदमलाई उत्साहजनक समर्थन गरेको भन्दै सबै राजनीतिक दल र मधेस प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved