आईएमई लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

नेपालभ्युज

आईएमई लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं। आईएमई लिमिटेडको साधारण सेयर(आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको हो।

आईएमईले आफ्नो रु. १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक-पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved