टिकटकले ल्यायो लाइभका लागि नयाँ नियम र सुरक्षाका स्रोतहरू

नेपालभ्युज

टिकटकले ल्यायो लाइभका लागि नयाँ नियम र सुरक्षाका स्रोतहरू

काठमाडौं । टिकटकले क्रियेटरहरूका लागि नयाँ नियम र सुरक्षाका स्रोतहरू ल्याएको छ । सकारात्मक इंक्लूसिव लाइभ कम्युनिटीहरू निर्माण गर्न मद्दत गर्नका लागि शैक्षिक टुलहरू टिकटकले जारी गरेको हो ।

यसमा लाइभस्ट्रिमिङ सुविधा का साथै पैसा कमाउनका लागि नयाँ गाइडलाइनहरू पाइनेछ । यी गाइडलाइनहरूले अप्रामाणिक वा कम गुणस्तर भएका केही कन्टेन्टहरूलाई टिकटक लाइभमा मनिटाइजेसनका लागि अयोग्य बनाउने छ ।

धेरैजसो क्रियेटरहरूले पहिले नै यी नियमहरू पालना गरिसकेका छन्, तर पनि यी नियम उल्लङ्घन गर्नेहरूलाई सूचित गराउँदै उनीहरूको मनिटाइजेसन सुविधाहरूको पहुँचमा प्रतिबन्ध हुन सक्नेछ ।

टिकटकको कम्युनिटी गाइडलाइन्स र सेवाका सर्तहरूले केही आधारभूत मापदण्डहरू सेट गर्नेछ, जसले लाइभसहितका कन्टेन्टलाई टिकटकभरी जहाँ पनि प्रस्तुत गर्न अनुमति दिने जनाइएको छ ।

योग्य भएका लाइभ क्रियेटरहरूले अबदेखि विभिन्न चरणहरूमा गरेर एडभान्स्ड लाइभ मनिटाइजेसन सुविधाहरूसम्म पहुँच प्राप्त गर्न सक्नेछन् । यसका लागि उनीहरूलाई मद्दत गर्न टिकटकले एउटा नयाँ लाइभ सेफ्टी सेन्टर पनि सुरु गर्दैछ ।

यसको इन–एप लाइभ सेफ्टी एजुकेशन सेन्टर अपडेट गर्दैछ जहाँ क्रियेटरहरूले नीति उल्लङ्घन र शिक्षा सामाग्रीहरू हेर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved