महिलालाई मुड स्वींग किन हुन्छ ?

नेपालभ्युज

महिलालाई मुड स्वींग किन हुन्छ ?

एजेन्सी । मुडमा लगातार आइरहने परिवर्तनलाई नै मुड स्वींग भनिन्छ । महिलाहरुमा मुड स्वींगको समस्या पुरुषको तुलनामा धेरै हुने गर्छ । महिलाहरुमा मुड स्वींग हुनुका पछाडि कस्ता कारणहरु छन् जानौं ।

मुड स्वींग भएको बेला अचानक चिडचिडापन आउने, उदासी, भोक नलाग्ने वा एकदमै धेरै भोक लाग्ने जस्तो हुन सक्छ । हर्मोनहरुको गडबडीका कारण पनि मुड स्वींग हुने गर्दछ । हर्मोनमा हुने उतारचढावले मुडमा पनि उतारचढाव ल्याउँछ जसले गर्दा एकदमै रिस उठ्ने, चिडचिडाउने आदि हुन्छ ।

कतिपय अवस्था महिनावारी शुरु हुनु अघि पनि महिलाहरुमा मुड स्वींग हुने गर्छ । त्यस्तै गर्भावस्थाको बेला त झनै धेरै मुड स्वींग हुने गर्छ । किनकी त्यतिबेला हर्मोनहरुको त उथलपुथल नै हुने गर्छ । त्यसैले धेरै जसो महिलाहरुमा गर्भावस्थाको बेला एकदमै धेरै मुड स्वींगको समस्या हुन्छ ।

त्यस्तै अर्को रहेको छ मेनोपज । महिनावारीमा हुने गडबडी पनि एक किसिमको हर्मोनकै परिवर्तनले हो । त्यसैले यसमा पनि मुड स्वींग हुनु स्वभाविकै हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved