उपनिर्वाचन : आइतबार नै मतगणना सुरु गर्ने आयोगको तयारी

नेपालभ्युज

उपनिर्वाचन : आइतबार नै मतगणना सुरु गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले  बारा २, चितवन २ र तनहुँ १ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना आइतबार रातीबाट प्रारम्भ गर्ने तयारी गरेको  छ।

मतदान सकिएपछि मतपेटिकाहरु मतगणना केन्द्रमा संकलन गर्ने कार्य सुरु भएसँगै मतगणनाको पनि तयारी गरिएको आयोगले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ,  ‘मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र न २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र चितवन जिल्ला क्षेत्र नम्बर २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र दुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।’

आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, पर्यवेक्षक, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाजलगायत सबै क्षेत्र र समुदायलाई धन्यवाद पनि दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved