बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपालभ्युज

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

गुल्मीबाट शुक्रबार बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट घाइते न्यौपानेको प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्युु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved