दाईजो नल्याएको भन्दै ससुरा र देवरले समाते, श्रीमानले लगाए आगो !

दाईजो नल्याएको भन्दै ससुरा र देवरले समाते, श्रीमानले लगाए आगो !

काठमाडौं। दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठाकी श्वेता झालाई श्रीमान र सासु–ससुरासहित पविारकै सदस्यले आगो लगाएर मार्ने प्रयास गरेको खुलेको छ।

श्रीमान् राजिव झा,ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेको पिडितको बयान छ। आगोबाट स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको र अहिले उपचार भईरहेको छ।

उनको छातीको तल्लो भागदेखि तिघ्रासम्म जलेको अवस्थामा माईती पक्षले थाहा पाएर प्रादेशिक अस्पतालमा भर्ना गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आएको हो। अस्पतालको वर्न कक्षमा उनी दुई दिनदेखि उपचाररत रहेको तस्विर समेत सार्वजनिक भएको छ।

वैशाख १ गते नयाँबर्षको दिन स्वेतामाथि आगो लगाईएको खुलेको छ। तर, घटना बाहिरिने डरले उनका श्रीमान्ले घरमै थुनेर राखेको र प्रहरी समेत जानकार नरहेको बुझिएको छ।

स्वेताका अनुसार वैशाख १ गते ससुरा र देवरले समातेर लडाएको र श्रमान्ले आगो लगाएका थिए । उनको माईती भारत रहेकोले माईती पक्षले समेत खबर नपाउनेगरी मारिदिन्छु भन्दै श्रीमानले यातना दिने गरेका थिए।

बिहेपछी श्रीमान विदेश गएको र घरकाले निकालेर ५ बर्ष माइतमै बसेको उनको भनाई छ। विदेशबाट फर्केपछि दाईजोको कुरामा पटक–पटक यातना दिएको उनको आरोप छ। उनका एक छोरी र एक छोरा छन् । छोराछोरीलाई समेत कुटपिट गरेपछि माइत पठाएको स्वेताको भनाइ छ।

घटनाका बिषयमा जाहेरी नआएको र घट्नाको अनुसन्धान भने भैरहेको धनुषा प्रहरीको भनाई छ । स्वेताको माइत भारतको विहार राज्यको दरभंगा रहेको बुझिएको छ।

उनका बुबा जयकुमार झा आएपछि स्वेतालाई उपचारका लागि दरभंगा लगेको र फेरी त्यहाँ उपचार गराएर घटनामा संलग्नहरूमाथि कारबाहीका लागि जनकपुर फर्केको बुझिएको छ। हाल उनको उपचार पनि चलिरहेको र प्रहरी अनुसन्धान पनि जारी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved