उपेन्द्र यादव कमजोर देखिएपछि चुनावी माहौल बनाउन सत्तारुढ दलका शीर्ष नेताहरु बारा जाँदै

उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा बिहीबार ५ दलीय सत्ता गठबन्धनले ‘बृहत् आमसभा’ गर्दैछ। त्यहाँ उपेन्द्र यादव कमजोर देखिएपछि नेताहरु बारा जान लागेका हुन्।

नेपालभ्युज

उपेन्द्र यादव कमजोर देखिएपछि चुनावी माहौल बनाउन सत्तारुढ दलका शीर्ष नेताहरु बारा जाँदै

जनकपुरधाम । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा बिहीबार ५ दलीय सत्ता गठबन्धनले ‘बृहत् आमसभा’ गर्दैछ। त्यहाँ उपेन्द्र यादव कमजोर देखिएपछि नेताहरु बारा जान लागेका हुन्।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन्। उनको पक्षमा चुनावी माहौल बनाउन आज बिहान ११ बजे बृहत् आमसभा आयोजना गरिएको छ।

उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर महागढीमाई पुग्दैछन्।
बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।

उपनिर्वाचनमा गठबन्धनबाट यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतका उम्मेदवार छन्।

चुनावी माहौल हेर्दा जनमत पार्टीका कुशवाहक र गठबन्धनका यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। तर, गठबन्धनका यादवले जनमतका कुशवाहक नभएर एमालेका पौडेलसँग प्रतिस्पर्धा हुने बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved