राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

नेपालभ्युज

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु
फाइल फोटो

कठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना  भएका थिए ।

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल बुधबार भारतको एम्स अस्पताल गएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयले बुधबार विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल आज बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गरेको समेत जनाएको छ ।

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved