बालेनविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

नेपालभ्युज

बालेनविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ।

मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परे पनि हेर्न नभ्याइने सूचीमा थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved