आजदेखि पश्चिमी वायु भित्रिँदै, केही ठाउँमा पानी पर्ने सम्भावना, गर्मी घट्ने

आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ ।

नेपालभ्युज

आजदेखि पश्चिमी वायु भित्रिँदै, केही ठाउँमा पानी पर्ने सम्भावना, गर्मी घट्ने

काठमाडौं । नेपालमा आज मंगलबारदेखि पश्चिमी वायु प्रवेश हुँदैछ ।

पश्चिमी वायुको प्रभावका कारण तापक्रम घट्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने महाशाखाले जनाएको छ।

यस्तै, वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।

आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved