मिटरब्याजी पीडितमाथिको धरपकड घटनामा छानबिन समिति गठन

नेपालभ्युज

मिटरब्याजी पीडितमाथिको धरपकड घटनामा छानबिन समिति गठन

काठमाडौं। मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सोमबार शान्तिबाटिकामा धर्नामा रहेका मिटरब्याजी पीडितमाथि धरपकड गरिएको घटनामा संसदमा अधिकांश सांसदले सरकार र गृहमन्त्रीको विरुद्ध बोलेका थिए।

मिटरब्याजी पीडितले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा सहितको प्रदर्शनसमेत गरेका थिए।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ ।

सो घटनामा प्रहरीका डीएसपीसहित ८ जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ २० जना घाइते भएका थिए । सरकार र मिटरब्याजी पीडितबीचको वार्ता विनानिष्कर्ष टुंगिएपछि उनीहरू धर्ना र विरोधमा उत्रिएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved