गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मिटरब्याज पीडितले गरे प्रदर्शन

नेपालभ्युज

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मिटरब्याज पीडितले गरे प्रदर्शन

काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सोमबार रत्नपार्कको शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्काे नारा लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

साथै, उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिस्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्‍प्लेट पनि प्रदर्शन गरेका थिए।आफूहरूको माग सम्बोधन गर्नुको साटो साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूले बताएका छन् ।

सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु मध्ये केही घाइतेसमेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।

मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved