सुनको मूल्य प्रतितोला १ लाख १० हजार

नेपालभ्युज

सुनको मूल्य प्रतितोला १ लाख १० हजार

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य  प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved