महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै मन्त्रालयले गुहार्‍यो अख्तियार

नेपालभ्युज

महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै मन्त्रालयले गुहार्‍यो अख्तियार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्ण गरिएको हो ।

पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved