भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा रायमाझी जोडिनु लज्जास्पद : आलोक रायमाझी

नेपालभ्युज

भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा रायमाझी जोडिनु लज्जास्पद : आलोक रायमाझी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्‍याउने भनी नेपाली युवाबाट अर्बौ रुपैया ठग्नु  लाजमर्दो र दु:खद भएको बताएका छन् ।

शुक्रबार विज्ञप्ती जारी गर्दै रायमाझीले उक्त घटनाले राज्यको भुमिकामा समेत प्रश्न खडा भएको बताएका हुन् । ‘बहालवाला सांसद  टोपबहादुर रायमाझी समेत जोडिएको आम सञ्चार माध्यममा तथ्य सहित आएको छ, यो घिन लाग्दो आपराधिक घटनाले नेपाली जनता मर्माहत र आक्रोशित भएका छन्’, उनले विज्ञप्तीमा भनेका छन् ।

घरेलु पुँजीवादी उपभोक्तावादी संस्कृतिको कुप्रभावको नमुना रहेको उनको ठम्याई छ । उनले यो प्रकरणमा जोडिएकामध्ये एक सांसद हुनु आफैमा लज्जास्पद विषय भएको भन्दै यसमा संलग्न भएकालाई छानबिन गरि कारबाही गर्न माग गरेका छन् ।

‘पीडित लाई न्याय र ठ्गहरु लाई कानुनी कठघरामा उभ्याउन सबै तह र तप्का साथै स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीलाई दबाब सिर्जना गर्न जोडदार अनुरोध गर्दछु’, उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved