मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टीबीच एकता हुँदै

नेपालभ्युज

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टीबीच एकता हुँदै

काठमाडौं । आज शुक्रबार दुई वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुन लागेको हो । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीच एकीकरण घोषणासभा राखिएको छ ।

तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य अलग भएर नयाँ पार्टी गठन गरेका थिए । मोहन वैद्यले गठन गरेको पार्टीबाट नेत्रविक्रम चन्द विप्लवसहित धर्मेन्द्र बाँस्तोला मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

तर विप्लवसँग पनि असमझदारी भएपछि बाँस्तोलाले नेकपा बहुमत नामक पार्टी खोलेका छन् । यी दुई पार्टीबीच आज एकता हुन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved