पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छ : उपराष्ट्रपति यादव

नेपालभ्युज

पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छ : उपराष्ट्रपति यादव
फाइल फोटो

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण मुस्लिम समुदायलाई पर्वको शुभकामना दिएका हुन् । उनले रमजान (रोजा) पर्वको विशेष महत्व रहेको बताए । उनले आम नागरिकहरुलाई धार्मिक कार्यमा लागिपर्न आग्रह समेत गरे ।

उनले भने, ‘रोजा महिनाको विशेष महत्व छ । धार्मिक कार्यमा लागिपर्न आग्रह गर्दछु । रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्छु ।’

उपराष्ट्रपति यादवले पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved