कांग्रेसले बारामा उपेन्द्र यादवलाई सघाउने

नेपालभ्युज

कांग्रेसले बारामा उपेन्द्र यादवलाई सघाउने

काठमाडौं। नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा आफ्नो उम्मेदवार नउठाउने भएको छ। कांग्रेसले बारामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने पनि स्पष्ट गरेको छ।

बारामा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको कांग्रेस स्रोतको भनाइ छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ ।

लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार घोषणा गरेको छ। तर, माओवादीले भने उम्मेदवारको टुङ्गो लगाएको छैन। यहाँ माओवादीले पनि गठबन्धनकै उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ।

बैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । चितवन–२ र तनहुँ– १ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा लगायतका दलको समर्थन रहने कांग्रेसले विश्वासको व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved