रास्वपाबाट उपचुनावका लागि ३ उम्मेदवार : रवि, स्वर्णिम र रमेश

पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन‍-२ मा अध्यक्ष रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

नेपालभ्युज

रास्वपाबाट उपचुनावका लागि ३ उम्मेदवार : रवि, स्वर्णिम र रमेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू घोषणा गरेको छ ।

पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन‍-२ मा अध्यक्ष रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

रवि लामिछाने  गत मंसिरको चुनावमा चितवन २ बाट निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।

बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको हो । खरेल यसअघि काठमाडौं १ मा उम्मेदवार भएर पराजित भएका थिए । उनको पार्टी रास्वपासँग एकीकृत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved