फेरि बढ्यो कोरोना संक्रमण

नेपालभ्युज

फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं ।  नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा संक्रमण देखिएको छ ।

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा संक्रमण देखिएको थियो । संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज सक्रिय संक्रमितको संख्या एक सय ६३ पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेकाले खुला सीमानाका कारणले त्यसको असर नेपालमा परेको बताए । उनले खुला सीमा नाकाबाट संक्रमित नेपाल भित्रिएको हुनाले सङ्क्रमण बढेको बताए ।

भारतको उत्तर प्रदेशमा संक्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved