गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय- मन्त्री र सचिवले सुराकीको नाममा मनपरी गर्ने खर्च खारेज

शुक्रबार गृहमन्त्रीको रूपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन्।

नेपालभ्युज

गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय- मन्त्री र सचिवले सुराकीको नाममा मनपरी गर्ने खर्च खारेज

काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्। शुक्रवार गृहमन्त्रीको रूपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन्।

उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताए। त्यसैगरी उनले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरेका छन्। सो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए।

उनले भने, ‘‘मैलै सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ। र त्यसलाई मन्त्रिपरिषद्मा निर्णयका लागि प्रस्तुत गर्ने मैले प्रस्तावमा सही गरेँ।’

उनले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन दिए। समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताए। मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved