सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाउने प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन भइरहेको पहल, गृह, अर्थ, रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विवाद, जसपा र जनमत पार्टीले धेरै मन्त्रालय माग्नुलगायतका कारण प्रधानमन्त्री प्रचण्ड समस्यामा परेका छन् ।

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाउने प्रयास

काठमाडौं। सत्ता साझेदार १० दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक बुधबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा मन्त्रिपरिषद् विस्तारको लागि भागबन्डा टुंगाउने प्रयास हुनेछ ।

यसअघि मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष सकिएको थियो । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आ–आफ्नो दाबी नछोड्दा विना निष्कर्ष सकिएको कांग्रेसका नेता रमेश लेखकले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन भइरहेको पहल, गृह, अर्थ, रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विवाद, जसपा र जनमत पार्टीले धेरै मन्त्रालय माग्नुलगायतका कारण प्रधानमन्त्री प्रचण्ड समस्यामा परेका छन् ।

मन्त्रिपरिषद् विस्तार नहुँदा १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । यसले गर्दा मन्त्रालयका काम भद्रगोल भएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको मुख्य समय र आउँदो वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरू मन्त्रिविहीन हुँदा समस्या झनै बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved