बुबाको किरियामा बसेका सांसद बरालले पोखरादेखि आएर गरे मतदान

नेपालभ्युज

बुबाको किरियामा बसेका सांसद बरालले पोखरादेखि आएर गरे मतदान
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता एवं गण्डकी प्रदेशका सांसद प्रकाश बरालले बुबाको किरियामा रहेकै अवस्थामा पोखरादेखि संसद भवन नयाँ बानेश्वर आएर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।

फागुन २६ गते बुबाको निधन भएपछि किरियामा बसेका सांसद बराल किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिन बुद्ध एयरको विमानबाट काठमाडौं आएका हुन्।

उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ ।

पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी निवासी बरालले पार्टीको आग्रह र मतदाताको सम्मान अनि आफ्नो मताधिकार प्रयोगको लागि आएको बताए ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् ।

यद्यपि, जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी थिइन्। तर, समय घर्किसकेका कारण उनको उम्मेदवारी निर्वाचन आयोगले प्रकाशित गरेको सूचीबाट हटेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved