पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

नेपालभ्युज

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले दशको पहाडी भू-भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा  एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved