लिग–२ : नेपालले दियो यूएईलाई २४९ रनको लक्ष्य, रोहितको अर्धशतक

नेपालभ्युज

लिग–२ : नेपालले दियो यूएईलाई २४९ रनको लक्ष्य, रोहितको अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ४९.२ ओभरमा खेलेर २४८ रनमा अलआउट भएको हो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनको योगदान गरे। रोहितले ८३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। एकदिवसीयमा यो उनको आठौं अर्धशतक हो।

सुरुवाती ४ ओभरमा कुशल मल्ल ९, कुशल भूर्तेल ८ रन र आसिफ शेख शून्यमा आउट भएसँगै संकटमा आएको नेपाली ब्याटिङलाई रोहितले सम्हालेका थिए।

आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्र सिंह ऐरीले ३४ र भीम शार्कीले २९ रन बनाए।

आठौं स्थानमा ब्याटिङमा आएका दीपेन्द्रले ४५ ओभरको अन्तिम ३ बलमा लगातार ३ चौका प्रहार गरे। सोमपाल कामी र सन्दीप लामिछनेले २–२ रन जोडे। ललित राजवंशी भने शून्य रनमा अविजित रहे।

यूएईको लागि आयान अफजल खान, जहूर खान, जवर फरिद र रोहन मुस्तफाले २–२ तथा आर्यन लाक्रा र जुनेद सिद्दिकीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved