नेपालको इतिहासलाई लुकाउन खोजियो : अध्यक्ष ओली

नेपालभ्युज

नेपालको इतिहासलाई लुकाउन खोजियो : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्।

नेक्सस इन्टरनेसनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको तर्क गरे।

उनले नेपालीहरू बहादुर मात्रै नभई बुद्धिमानी पनि रहेको बताए। उनले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे। वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले नेपाल इतिहासमा पनि विद्वानहरूको भूमि भएको र भविष्यमा पनि विद्वानहरूको भूमि हुने उल्लेख गरे। उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए।

उनले भने, ‘नेपालीहरूलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे।

कपिलमुनि कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घाखाँचीका थिए। यस्ता अनेक विद्वान् यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानहरूको भूमि हो। भविष्यमा पनि विद्वानहरूको भूमि हुनेछ।’

अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved